काठमाडौं । काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जेन जेडहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश जारी गरेको हो ।
माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । त्यहाँबाट पनि पर्खाल नाघेर संसद् भवन भित्र प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अवस्था तनावपूर्ण भएपछि अहिले कर्फ्यु आदेश जारी भएको हो ।
यसैबीच जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् । उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए । सो क्रममा २ नम्बर गेटको पर्खाल भत्किएको छ ।
संसद्को दुई नम्बर गेटमा आगजनी
प्रदर्शनकारीहरूले संसद् भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यु आदेश जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद् भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए । अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचार





