भक्तपुर । भक्तपुरमा पनि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले बिहान साढे ८ बजेबाट अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेका हुन् । जडिबुटीदेखि अरनिको राजमार्ग साँगासम्मको क्षेत्रमा दुई सय मिटर ’round कर्फ्यू लगाइएको छ ।
यस्तै पेप्सीकोला मनोहरा पुलेदेखि निकोसेरा चोकसम्म, कौशलटारदेखि बालकोट हुँदै रोजभिलेज र चारदोबाटो चोकसम्म, राधेराधे चोकदेखि निकोसेरा चोकसम्म, बाखाबजार नेपाल कोरियन मैत्री नगरअस्पताल हुँदै चारदोबाटो चोकसम्म, सल्लाघारी नगरकोट सडक, कमलबिनायक खरिपाटी हुँदै नगरकोटसम्म, च्यामासिंह, च्याथली हुँदै नाला (काभ्रे जिल्लाको सिमानासम्म) दुवाकोट मोडदेखि नेपाल इन्जिनियरिङ कलेजसम्म, देकोचादेखि चाँगुनारायण मन्दिरसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।
तोकिएको क्षेत्रमा आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेरा उगर्न नपाइने सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार







