नेपाली सेनाद्वारा देशभर जारी भयो कर्फ्यू आदेश

काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ ।

व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर कफ्यू आदेश जारी भएको सेनाले जनाएको छ ।

आजका लागि साँझ ५ बजेसम्म कर्फ्युको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यु जारी रहने र तत्पश्चात् भोलि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने जानकारी गराइएको छ । सेनाले परिस्थितिको विश्लेषणका आधारमा थप निर्णय गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश