सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश

सिन्धुली । सिन्धुली कारागारका कैदीबन्दी भागेपछि र जिल्लाको सुरक्षामा संवेदनशिलता बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुरक्षामा कडाई गरेको छ । कैदीबन्दीहरुको खोजी कार्यमा लागेको प्रशासनले जिल्लाभर अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गर्दै बुधबार (भदौ २५ गते) साँझ ६ बजेदेखि अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेका छन । अर्को सूचना नआएसम्म लागू हुने गरि कफ्र्यु लगाईएको सूचनामा उल्लेख छ ।

सिन्धुली जिल्लाको सिमाना क्षेत्र भित्र लागु हुने गरि जिल्लाभर कफ्र्यु लगाईएको प्रशासनले जनाएको छ । आदेश उलंघन गरेमा कानुनबमोजिम कारवाहि हुने समेत सूचनामा उल्लेख छ ।

छोडिएका कैदीबन्दी पक्राउ गर्न सुरु
बुधबार दिउँसो छोडिएका कैदीबन्दीहरु बेलुकी पख धमाधम पक्राउ परिरहेका छन । नेपाली सेना र नेपाल प्रहरी उनीहरुलाई पक्राउ गर्न लागि परेको छ । कारागारबाट भागेर निस्केका कैदीबन्दीहरु हालसम्म १६० जना पक्राउ परेका छन ।

पक्राउ परेकामध्ये भिमान ९० जना, कमलामाई मन्दिर नजिकबाट २० जना, खुर्कोटबाट ३ जना, ४ जना आफै सम्पर्कमा आएका र अरु सिन्धुलीमाढीका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन । सिन्धुली कारागारबाट ४७३ कैदीबन्दीहरु भागेको प्रहरीले जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भागेका कैदीबन्दीलाई देखे भेटेमा प्रहरीको सम्पर्क नम्बरहरुमा सूचना जानकारी दिन अनुरोध गर्दै सूचना समेत प्रकाशन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश