नमोवुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

काभ्रेपलाञ्चोक । जिल्लाको नमोबुद्ध नगरपालिकाका पुर्व नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको निधन भएको छ ।

गत साउन १० गते विपी राजमार्गअन्तर्गत नमोबुद्ध-२ को बीसकिलोमा दुर्घटनमा परेका शर्माको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज बिहान ४ बजे निधन भएको हो । टाउकोमा गम्भीर चोट लागेका तिमल्सिनाको साउन १० गते नै आकस्मिकरुपमा शल्यक्रिया गरिएको थियो । त्यसपछी पनि उनको पुर्णरुपमा होस खुल्न सकेको थिएन भने यसबीचमा थप शल्यक्रिया पनि गरिएको थियो ।

दुइवटा स्कुटर एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा शर्मा र उनका छोरा किशोर तिमल्सिना तथा अर्को स्कुटर चालक घाइते भएका थिए । घाइतेमध्ये शर्माको अवस्था निकै गम्भीर थियो । दुर्घटनास्थलमै बेहोस् भएका तिमल्सिनाको होस् नखुल्दै निधन भएको हो ।

नेकपा एमालेबाट २०७४ सालको स्थानीय निर्वाचनमा नमोबुद्ध नगरप्रमुख निर्वाचित तिमल्सिना पुर्व पत्रकार एवं साहित्यकार समेत हुन् । उनको खाल्डोभित्र नअटेको मान्छे नामक कृति प्रकाशनको क्रममा रहेको छ भने दर्जनौं कविता प्रकाशित छन् । शर्माको दाहसंस्कार आजै भकुन्डेवेसीस्थित जगवैज्यश्वर घाटमा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो