मधेश प्रदेश सरकारबाट कांग्रेसले लियो समर्थन फिर्ता

काठमाडौँ। मधेश प्रदेश सरकारबाट नेपाली काँग्रेसले समर्थन फिर्ता लिएको छ । जनकपुरमा आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए।

मुख्यमन्त्री सिंहलाई जनमतले यसअघि नै राजीनामा दिन निर्देशन दिएको भए पनि अटेर गरिरहेका छन्। जनमतले आफ्नै पार्टी नेतृत्वको सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको छ। जेन जेड आन्दोलनको क्रममा मुख्यमन्त्री सिंहले राजीनामा घोषणा गरेको भए पनि दिएका थिएनन्।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

epaper

ताजा समाचार

दसैँमा वर्षेनी महङ्गो भाडाको मारमा हवाई यात्रु