संगठित हुँदै जेनजीका समूह, संयुक्त दबाबको पहल

काठमाडौं । विभिन्न समूहमा छरिएर विद्रोहमा होमिएका जेनजीहरू बल्ल सामूहिक संघर्ष र दबाबको पहलकदमीमा जुटेका छन् ।

बुधबारबाट विभिन्न समूहमा आबद्ध भएर आन्दोलन, दबाब र छलफल गरिरहेका जेनजी पुस्ताका अगुवाहरू भेला भएर ‘जेनजी आन्दोलन–२०८२’ नामक संयुक्त समूह बनाउन जुटेका हुन् ।

भेलामा २३ भदौमा माइतीघर मण्डलामा आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालयमा अनुमति माग्न जाने मिराज ढुंगाना, अभिषेक यादव, रक्षा बमलगायतको समूह भने बुधबार अनुपस्थित थियो ।

उनीहरू समेटिन नसकेपछि बिहीबार पनि भेला बसेर राष्ट्रपतिसँग जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र आफ्ना मागमा औपचारिक रूपमा राष्ट्रपतिसँग वार्ता र संवाद गर्न समिति बनाउने युवाहरूको तयारी छ ।

हाल जेनजी आन्दोलनको संयोजनमा फ्रन्टलाइनमा देखिएका सुधन गुरुङ, विराटनगरबाट आन्दोलन मोर्चा सम्हालेर सामाजिक सञ्जालमा भाइरल भइरहेका प्रवेश दाहाल, अर्का अभियन्ता बब्लु गुप्ता, खेमराज दाहाल, ओजश्वी भट्टराई, पुरुषोत्तम यादवलगायतले नेतृत्व गरेको समूहमा आबद्ध युवाहरू बुधबार छलफलमा जुटेका थिए ।

उनीहरूले राष्ट्रपति र सरकारसँग संवादका लागि आधिकारिक रूपमा समिति बनाउने र समितिमार्फत नै आफ्ना कुरा राख्ने विषयमा छलफल गरे पनि निष्कर्षमा भने पुगिनसकेको बताएका छन् ।

छलफलमा सहभागी एक युवाका अनुसार समावेशी समिति बनाई सबै जेनजी युवाको भावना समेट्नेगरी सर्वस्वीकार्य समिति बनाएर दबाब दिने विषयमा छलफल केन्द्रित छ । समूहमा २३ र २४ भदौमा भएको विद्रोहमा शहीद भएकाका परिवार र घाइते तथा घाइते परिवारका प्रतिनिधिसमेतलाई आबद्ध गराउने तयारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार