सुन्दरहरैंचा (मोरङ) । मोरङमा आर्थिक अवस्था कम्जोर भएका एक बालकको बिराटनगरस्थित कोशी अस्पतालमा निशुल्क उपचार हुने भएको छ। कानेपोखरी गाउँपालिका वडा नम्बर ५ चिसाङ निवासी मणिराज राई र राधिका राईको जेठा छोरा १७ बर्षीय बिराज राईको निशुल्क उपचार हुने व्यवस्था गरिएको हो।
विगत ५ महिना देखि दिशाबाट रगत जाने कारण बिरामी परेर थालिएका बिराजको घरको आर्थिक अवस्था अत्यन्तै कम्जोर भएर उपचार हुन् बाट बन्चित भएका थिए। उनलाई राप्रपा कानेपोखरी गाउँपालिका महिला सगठनकी अध्यक्ष देवि माया थापाको पहल तथा सामाजिक व्यक्तित्व सुन्दरहरैंचा निवासी मान बहादुर श्रेष्ठको सामन्यवमा कोशी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरिएको छ ।
आर्थिक अवस्था कम्जोर भएर खानलाई समेत समस्य भएको अवस्थामा कोही पनि व्यक्ति पैसाकै कारण उपचार हुनबाट बन्चित नहोस् भनेर निशुल्क उपचारको व्यवस्था गरिएको व्यक्तित्व श्रेष्ठले बताए। गाउँपालिका महिला सगठनकी अध्यक्ष थापाले घर परिवार र बिरामीको अवस्था देखेर आफू निकै दुखित भएको भन्दै त्यो बालकलाई आफैले गाडी भाडा तिरेर अस्पताल ल्याएको बताईन।
उनले राप्रपा कानेपोखरीले २ बोरा चामल ९ प्याकेट खाने तेल र ७ हजार नगद पनि सहयोग गरेको जानकारी दिईन्। केहि समय अघि पनि व्यक्तित्व श्रेष्ठ र धन बहादुर याम्फु राईको टीमले खाद्यन सहयोग गरेको थियो। उता छोराको निशुल्क उपचार हुने भएपछि आमा राधिका राई पनि खुशीले दंग भएकी छन्।






