संसद विघटनले संविधान घाइते भोः महामन्त्री शर्मा

राजविराज । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद विघटनबाट संविधान घाईते भएको बताउदै यसरलाई फेरी पुर्ण स्वस्थ्य बनाउनु पर्ने आवश्यक्तामा जोड दिएका छन ।

जेनजी आन्दोलका क्रममा तोडफोड र आगजनीबाट क्षतीग्रस्त भएका काँग्रेसको राजविराज स्थित जिल्ला पार्टी कार्यालयको विहीवार निरीक्षण पश्चात संचारकर्मीहरु सित कुरा गर्दैै उनले यस्तो बताएका हुन ।

“राष्ट्रपतीले गरेको संसद विघटनले संविधान घाईते भएकोे छ, उनले भने–यसलाइ सच्याएर पुनः स्वस्थ बनाउनु पर्ने अहिलेको आवश्यक्ता हो ।”

आवश्यक्ताको सिद्धान्त अनुसार राष्ट्रपतीले संविधान विघटन गरेको कुरा चर्चा हुने गरेको प्रसंग कोट्याउँदै उनले संसद बैठक मार्फत पनि यो काम गर्ने अवस्था रहको जिकिर गरे ।

संसद पुर्नस्थापना वा ताजा जनादेशमा जाने अहिले २ अवस्था रहेको बताउँदै महामन्त्री शर्माले काँग्रेसले पनि छिट्टै यस’bout निष्र्कषमा पुग्ने प्रयत्न गरिरहेको जानकारी दिए ।

“अगामी केन्द्रिय समितीको बैठकबाट यस कुराको निर्णय हुनेछ, नेता शर्माले भने ।”

प्रतिनिधीसभा भंग गरिएको भएपनि राष्ट्रपती, राष्ट्रिय सभा, ७ वटै प्रदेश सभा, प्रदेश सरकार, स्थानीय तहहरु अस्तित्वमा रहिरहेको बताउँदै उनले जेनजीको आन्दोलनको भावनालाई समेटदै जनताले पाएको अधिकारलाई संरक्षण गर्दैै अझै अधिकार सम्पन्न बनाउने गरी अघि बढ्नु अहिलेको आवश्यत्ता रहेको बताए ।

संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित नभएको जिकिर गर्दै उनले भत्किएको संरचना पुर्ननिर्माण सम्भव भएपनि गोली हानेर मारिएकाहरुको पुुर्नजीवन दिन सम्भव नहुने बताए ।

सो अवसरमा प्रतिनीधीसभा सदस्य दिनेशकुमार यादव, काँग्रेस सप्तरीका सभापती राम्देव साह, उपसभापती रामकुमार यादव, सचिव सनत मण्डल लगायत काँग्रेसका स्थानिय नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

epaper

ताजा समाचार

दसैँमा वर्षेनी महङ्गो भाडाको मारमा हवाई यात्रु