सर्पको टोकाइले बालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–४ का डम्बर पनेरुका तीन वर्षीय छोरा लक्की पनेरुको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, सोमबार साँझ आफ्नै कच्ची घरमा सुतेको बेला टाउकोमा सर्पले टोक्दा घाइते भएका पनेरुलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । उनको मंगलबार दिउँसो २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसैगरी, सोही दिन साँझ कृष्णपुर नगरपालिका –४ मौवाफाँटाका १५ वर्षीया सन्ध्या विश्वकर्मालाई पनि सर्पले डसेको प्रहरीले जनाएको छ । मौवाफाँटाका धनबहादुर विकका १५ वर्षीया छोरी सन्ध्यालाई सोमबार साँझ घरमा सुतेको अवस्थामा बायाँ हातको पाखुरामा सर्पले डसेको थियो ।

सर्पको टोकाइबाट घाइते भएकी सन्ध्याको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सन्ध्याको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो