दसैँको तेस्रो दिन आज पनि टीका–जमरा लगाउने क्रम जारी

काठमाडौँ । दसैँको तेस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका–जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्ल द्वादशीका दिन नवदुर्गाको प्रसाद स्वरूप टीका ग्रहण र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका–जमरा लगाउने क्रम पूर्णिमासम्म निरन्तर चलिरहन्छ ।

आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो