पहिलो पटक फिल्म फेयर अवार्ड पाउँदा अभिषेक भावुक

मुम्बई । बलिउड अभिनेता अभिषेक बच्चनले पहिलो पटक फिल्म फेयर अवार्डमा सर्वोत्कृष्ट अभिनेता अवार्ड जितेका छन् । यो अवार्ड ग्रहण गर्दा उनी यस पटक भावुक भएका छन् । अहमदाबादमा आयोजित फिल्म फेयर अवार्ड २०२५ मा प्रदान गरिएको हो ।

उनले चलचित्र ‘आई वान्ट टु टक’बाट उत्कृष्ट अभिनयका लागि यो यो अवार्ड ग्रहण गरेका हुन् । अभिनेता अभिषेकले आफ्नो करियरमा ऐतिहासिक उपलब्धिको रूपमा यसलाई लिएका छन् ।

सो कार्यक्रममा अवार्ड ग्रहण गर्दा अभिनेता अभिषेक निकै भावुक भए । उनको २५ वर्षे चलचित्र यात्रामा यो भावनात्मक र गर्वको क्षण थियो । कार्यक्रममा उनकी श्रीमती ऐश्वर्या राय बच्चन, छोरी आराध्य र बुबा अमिताभ बच्चन उपस्थित थिएनन् ।

अभिषेकले स्टेजमा सो अवार्ड ग्रहण गर्ने क्रममा आफ्नी आमा जया बच्चनलाई विशेष कृतज्ञता जाहेर गरे । छोराले पहिलो पटक फिल्म फेयर अवार्ड पाउँदा आमा पनि खुसीले नाचिन् । यो दृश्य दर्शक र उनको परिवारको लागि एक अविस्मरणीय क्षण बन्यो ।

अभिषेकको जीवनको यो ऐतिहासिक क्षण श्रीमती ऐश्वर्याको अनुपस्थिति निकै खल्ल भएको महसुस गरे । उनले बुबा, छोरी र ऐश्वर्या पनि सो कार्यक्रममा हुनु पथ्र्यो भन्दै यति बेला आफूले बुबा, छोरी र श्रीमतीलाई सम्झिरहेको बताए ।

त्यसो त लामो समयदेखि अभिषेक र ऐश्वर्या बिचको सम्बन्ध राम्रो छैन । गत वर्ष घर छाडेर गएकी ऐश्वर्या अझै घर फर्केकी छैनन् । घर नफर्के पनि उनले घर बाहिर आफ्नो पति अभिषेकसँग दुई पटक भेटघाट गरिसकेकी छिन् । तथापि अभिषेकले फिल्म फेयर अवार्ड पाउँदा ऐश्वर्याको बधाई भने अझैसम्म आएको छैन ।

हुन त अवार्ड आयोजक पक्षले यो समारोहमा अग्रज अभिनेता अमिताभ बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चन दुबैलाई निमन्त्रणा गरेको थियो । दुवैले आफ्नो व्यस्तता देखाउँदै उपस्थित जनाएनन् । अभिषेक अवार्डको लागि मनोनयन सूचीमा परेका कारण उनको परिवार आउने भएपछि ऐश्वर्या सो कार्यक्रममा उपस्थित नभएको बताइएको छ ।

यो उनीहरूको सम्बन्धको ’boutमा पहिलो पटक छलफल भएको होइन। यद्यपि, पुरस्कार समारोहमा ऐश्वर्याको अनुपस्थितिको ’boutमा कुनै आधिकारिक जानकारी जारी गरिएको छैन ।

यस पटक किरण रावद्वारा निर्देशित चलचित्र ‘मिसिङ लेडीज’ले कुल १४ पुरस्कार जितेर नयाँ रेकर्ड कायम ग¥यो । यो चलचित्रले कथा, निर्देशन, स्कृप्ट र अभिनयको विभिन्न विधामा अवार्ड जितेको हो ।

समारोहमा आलिया भट्टले उनको चलचित्र ‘जिग्रा’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । अभिनेता तर्फ जुरी अवार्ड अभिनेता कार्तिक आर्यनले चलचित्र ‘चन्दु च्याम्पियन’बाट हासिल गरे ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

epaper

ताजा समाचार

रश्मिका घाइते भएपछि ‘राका’को सुटिङ रोकियो