कमाउन कुवेत पुगेकी निशा जब पेटमा क्यान्सर भएको थाहा भयो

काठमाडौं । टन्न धन कमाएर घर परिवारलाई सुख सुविधा दिने सपना बोकेर कुवेतमा घरेलु कामदारका लागि पुगेकी उदयपुरकी निशा दर्जि पेटको क्यान्सर बोकेर नेपाल फर्किएकी छिन् । उदयपुरम,बसाह-१ घर भएकी दर्जि विगत १८ महिना देखि घरेलु कामदारको रुपमा कार्यरत थिइन्।

पछिल्ला ३ महिना उनको पेटमा क्यान्सर भएको कारण अपरेसन गरेर हरेक हप्ता डायलासिस गराउँदै स्पोन्सरको घरमा काम गरिरहेकी थिइन्। उनको कम्मरमा एउटा पिसावको र अर्को रगतको गरी दुई ओटा प्लास्टिकका झोला झुन्ड्याइएको थियो। यस्तो कठिन अवस्थामा पनि घर मालिक अर्थात् स्पोन्सरलाई घर पठाइदेउ भन्दा स्पोन्सरले घर नपठाएर काम गराइरहेपछि उनको जिवितै नेपाल पुग्ने आश मरिसकेको थियो।

जब उनको ’boutमा एक जना सविना केसी नाम गरेकी नेपाली मार्फत यो समस्या गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेत कहाँ पुग्यो त्यसपछि एनआरएनएको निरन्तर फलो अप हुन थाल्यो। डायलासिस गरेको खर्चा, हस्पिटल जाने आउने खर्च सम्म आफै बेहोरिरहेकी निशाले कुवेतमै आफ्नो मृत्युको कल्पना गर्न थालि सकेकी थिइन्। उनलाइ डायलासिस गर्न हस्पिटल गएको बेला एनआरएनएले सिधा कुवेतस्थित नेपाली दूतावास जान सल्लाह दियो।

त्यस्पछी दूतावासले त्यस्तो बिरामी मान्छे राख्न असहज भएको कारण एनआरएनए द्वारा नै खाने बस्नेको व्यवस्था गरी बाँकी उनलाई नेपाल पठाउने कानुनी प्रक्रिया पुरा गरिदिन दूतावाससँग गर्यो। त्यत्तिकै कम्मरको पिसाव र रगतको थैलिसंगै नेपाल पठाउन नसकिने भए पछि पुन: हस्पिटल लगि केहि दिनको लागि त्यो पाइप र झोला निकाली दिन एनआरएनएले अनुरोध गर्यो।

त्यसपछि दूतावासको सहयोग सँगै डिटेन्सन सेन्टर पुर्याई हवाई टिकटको व्यवस्था गरी नेपाल फर्काउन सफल भएको एनआरएनएले जनाएको छ। एनआरएनले कुवेतमा कार्यरत नेपालीले भोग्नु परेका समस्या समाधानमा संयोजन तथा सहयोगी भूमिका खेल्दै आएको छ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

epaper

ताजा समाचार

डडेल्धुरा अस्पतालको ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन