पर्यावरणीय कृषि मार्गचित्र मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं । नेपालको कृषि क्षेत्रले भोगिरहेका बहुआयामिक चुनौतीहरूलाई दीर्घकालीन र दिगो रूपमा समाधान गर्ने उद्देश्यसहित “नेपालको राष्ट्रिय पर्यावरणीय कृषि मार्गचित्र” तयार गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

जलवायु परिवर्तन, रसायन र विषादीको अत्यधिक प्रयोग, युवा पलायन, खेतीयोग्य जमिनको क्षय र खाद्य पोषण सुरक्षामा देखिएका समस्यालाई सम्बोधन गर्न उक्त मार्गचित्र तयार गरिएको हो। मार्गचित्रको दूरदृष्टि “समतामूलक, उत्थानशील र दिगो खाद्य प्रणालीका लागि पर्यावरणीय कृषि” रहेको छ ।

तीनै तहका सरकारको नेतृत्व, किसान संगठन, नागरिक समाज, गैरसरकारी संस्था र विकास साझेदारको सहकार्यमा आत्मनिर्भर उन्मुख कृषि तथा खाद्य प्रणालीको रूपान्तरण गर्ने लक्ष्य मार्गचित्रले लिएको छ । विज्ञ, अनुसन्धान निकाय, कृषक संस्था तथा सरोकारवालाको सहभागितामा तयार गरिएको यो मार्गचित्र सोमवार मन्त्रालयलाई हस्तान्तरण गरिएको हो।

हिमालयन एग्रोइकोलोजी इनिसियटिभ अन्तर्गत अर्गानिक इन्टरनेसनल र वल्र्ड फ्युचर काउन्सिलको सहयोगमा ली–बर्डले सचिवालयको भूमिका निर्वाह गर्दै सहजीकरण गरेको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

epaper

ताजा समाचार

क्रिटिक्स अवार्ड विजेतामा हरिवंशदेखि मीन भामसम्म