चिनी भित्र ९ लाख लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ

राजबिराज । सप्तरी प्रहरीले नौ लाख नेपाली रूपैयाँसहित एक भारतीय नागरिकलाइृ शनिका पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला अन्तर्गत बथनाहा ग्राम पञ्चायत वडा नंं. १७ निवासी फुलकुमार मेहता रहेका छन् ।
लकडाउनको उल्लङ्घन गर्दै उनले झोलामा दुई केजी चिनी भित्र नगद  लुकाएर ल्याएका थिए ।

 जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब निरीक्षक (डिएसपी ) तथा सूचना अधिकारी तिलक भारतीका अनुसार उनलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१४ बाट नियन्त्रणमा लिइएको हो । मेहतामाथी थप अनुसन्धान भइरहेको डिएसपी भारतीले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ