ओखलढुङ्गामा दम्पती हत्या काण्डको अनुसन्धान गर्दा अर्को पनि खुल्यो पोल

सुन्दरहरैंचा(मोरङ) । केन्द्रीय अनुसन्धान व्यूरो लाजिम्पाट, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुगाबाट खटिएको संयुक्त प्रहरी टोलीले ओखलढुङ्गा स्थित भदौरे गैरीगाँउमा श्रृखलाबद्धरुपमा हत्या तथा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

ओखलढुंगामा भएका दुई वटा गम्भीर हत्या तथा लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा २८ वर्षका मिलन भन्ने संगम राई, ३० वर्षका विनोद राई, ३० वर्षकै प्रकाश भुजेल र अर्का ३० वर्षका दोर्जे भन्ने अशोक भुजेल रहेको ओखलढुङ्गाका प्रहरी प्रवक्ता बिक्रम बहादुर भट्टराईले जानकारी दिए।

चिसङ्खुगढी गाउँपालिका–६, भदौरेकाे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका अन्दाजी ६० वर्षीय सोवितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रवक्ता भट्टराईले बताए।

गत २०८२ पुस १५ गते बेलुकी करिब ८ बजे भएको हत्यापछि पसल तथा घरबाट नगद करिब १ लाख रुपैयाँ, २ ताेला सुनका गरगहना र काँचाे सुन गरि ६ ताेला लुटपाट गरिएको उनले बताए। यसैगरी, अभियुक्तद्वारा सिद्धिचरण नगरपालिका–४ मा बसोबास गर्दै आएकी अन्दाजी ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) लाई पनि २०८२ असार २६ गते राति करिव १२ बजे धारिलो हतियार प्रहार गरी हत्या गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

हत्यापछि अभियुक्त समूहले मृतकको नगद तथा सुनका गरगहना लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रहरीले घटनामा प्रयोग गरिएको बन्चरो, लुटपाटमा प्रयोग तथा बनाइएको सुनका गरगहना, खुकुरी, मोबाइल फोन, नगद, र हतियारसहितका सामग्री बरामद गरिएको जनाएको छ। पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान, डकैती, हातहतियार खरखजाना सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

जाजरकोटको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जनाको खोजीकार्य जारी