क्रिकेटप्रतिको बढ्दो उत्साहलाई लक्षित गर्दै एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष छुट अफर सार्वजनिक गरेका छन् । यस अफरअन्तर्गत नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ का मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
एनसेलका अनुसार करसहित २९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यका डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकले छुट कुपन प्राप्त गर्नेछन् । उक्त कुपन भाटभटेनीको अनलाइन स्टोरमार्फत उपलब्ध आधिकारिक टी–२० विश्वकप मर्चेन्डाइज खरिद गर्दा प्रयोग गर्न सकिनेछ । यस पहलले क्रिकेट प्रेमीहरूलाई राष्ट्रिय टोलीप्रतिको समर्थन र गर्व झल्काउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
अफरअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्यापजस्ता सामग्री समावेश छन् । एनसेल एप, देशभरका एनसेल पसल तथा एनसेल सेन्टरमार्फत ग्राहकले यो अफरमा सहभागी हुन सक्नेछन्, जसले देशका हरेक कुनामा रहेका क्रिकेट समर्थकलाई सहज पहुँच प्रदान गरेको छ ।
एनसेल एपमार्फत सहभागी हुन ग्राहकले एप खोली टी–२० विश्वकप क्याम्पेन ब्यानरमा क्लिक गरी वा अफरअन्तर्गतका प्याक खरिद गर्नुपर्नेछ । खरिदपछि ग्राहकले आफ्नो एनसेल नम्बरमा छुटको प्रोमो कोडसहित भाटभटेनी अनलाइन स्टोरको लिङ्क प्राप्त गर्नेछन् । त्यस लिङ्कमार्फत मनपर्ने मर्चेन्डाइज छनोट गरी चेकआउटका क्रममा प्रोमो कोड प्रयोग गर्दा छुट लागू हुनेछ । अर्डर पुष्टि भएपछि सामग्री ग्राहकले रोजेको स्थानमै डेलिभरी गरिने व्यवस्था छ ।
यो अफर सन् २०२६ मार्च ३१ (२०८२ चैत १७) सम्म वा मर्चेन्डाइज स्टक उपलब्ध रहुन्जेल लागू हुनेछ । प्रत्येक योग्य प्याक खरिदमा एक प्रोमो कोड प्रदान गरिनेछ, जुन अन्य व्यक्तिलाई दिन सकिने भए पनि नगदमा साट्न वा अन्य अफरसँग संयोजन गर्न भने पाइने छैन ।








