बेरुत । मध्यपूर्वमा विद्यमान तनावको कारण देखाउँदै कुवेतस्थित अमेरिकी दूतावास अर्को सूचना प्रकाशित नभएसम्मका बन्द भएको छ । दूतावासले भिसाका लागि नियमित र आकस्मिक कन्सूसर सेवा पनि स्थगित भएको सूचना जारी गरेको छ ।
सोमवार अमेरिकाको विदेश मन्त्रालयले कुवेतसहित मध्यपूर्वका देशमा भएका आफ्ना सबै नागरिकहरूलाई अन्यत्र जान आह्वान गरेको थियो । सोमवार कुवेतमा अमेरिकाका तीनवटा लडाकु विमानहरू “आफ्नै पक्षले त्रुटिवश गरेको आक्रमण”मा परेका थिए ।
रियादस्थित अमेरिकी दूतावासमा ड्रोन हमला भएपछि कुवेतस्थित कूटनीतिक नियोग पनि बन्द भएको हो ।
बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
अमेरिकाले बहराइन, जोर्डन र इराकमा सुरक्षा सेवामा रहेका कर्मचारीबाहेक अन्य गैर–आकस्मिक सेवामा कार्यरत अमेरिकी नागरिकलाई ती मुलुकबाट जतिसक्दो छिटो बाहिरिन सूचना जारी गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार बहराइन र जोर्डन छाड्न गैर–आकस्मिक सेवाका कर्मचारीहरूलाई आदेश दिएको हो । इरानले अमेरिका–इजरायली आक्रमणको प्रतिकार गरिरहेको अवस्थामा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यो सूचना जारी गरिएको हो ।
मन्त्रालयले एक्समा गरेको पोष्टमा भनेको छ, “गैर–आकस्मिक सेवामा रहेका अमेरिकी सरकारी कर्मचारी र सरकारी कर्मचारीका परिवारका सदस्यहरूलाई प्रतिबिम्बित गदै विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई बहराइन, जोर्डन र इराकमा यात्रा नगर्न सुझाब दिएको छ ।
एक छुट्टै पोस्टमा मन्त्रालयले भनेको छ, “अमेरिकाले इराक यात्रा निर्देशन अद्यावधिक गरिएको थियो कि यसले सोमबार “सुरक्षा चिन्ताका कारण गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारीहरूलाई इराक छोड्न आदेश दिएको थियो। त्यसमा उनीहरूका आफन्तको उल्लेख गरिएको थिएन ।”






