दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

प्रसाईंलाई चुनावअघि प्रहरीले नियन्त्रणमा लिएको थियो। सर्वोच्चले उनलाई पटकपटक पक्राउ गरिएको घटना गैरकानुनी बताएको छ। ‘निवेदकलाई अदालतबाट पटक(पटक थुनामुक्त गर्ने गरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएपनि पुनः सोही सार्वजनिक शान्ति विरूद्धको कसूरमा पक्राउ गरिएको कार्य निवेदकलाई थुनामै राख्ने उद्देश्यले अभिप्रेरित रहेको अर्थात प्रवृत्त भावनाको समरूप देखिएको आधारमा चुनालाई गैरकानूनी नै मान्नु पर्ने अवस्था रहेको र निर्वाचन बिथोल्ने आशंका गरी पक्राउ गरिएकोमा सो कार्य पनि सम्पन्न भइसकेकोले निवेदकबाट आसन्न खतराको अवस्था पनि रहेको देखिएन,’ सर्वोच्चले भनेको छ।

त्यस्तै, उनलाई थुनामा राख्ने काम कारबाही नै गैरकानुनी देखिएकाले पक्राउ पुर्जी र हिरासतमा राख्ने अनुमति समेत बदर गरेको आदेशमा भनिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : प्रधानमन्त्रीका सल्लाहकार शाह