काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाललाई भारी मतान्तले पराजित गर्दै रन्जित विजयी भएका हुन्।
रन्जित ३३ हजार ४३६ मतसहित विजयी हुँदा सुवालले २८ हजार १७८ मात्रै पाएका छन्। सो क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२, एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१, राप्रपाका भरत खड्काले २ हजार ४७२ र नेकपाका हरिराज लवजुले ११ सय ७७ मत पाएका छन्।
यसअघि सो क्षेत्र नेपाल मजदुर किसान पार्टीको गढका रुपमा चिनिएको थियो। अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नेमकिपाबाट सुवाल विजयी भएका थिए।
तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)






