बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले शुक्रबार राति बच्चा जन्माएकी छन् । सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी २० वर्षीया तुलसी चदाराले शुक्रबार राति १० बजेतिर बच्चा जन्माएको वडा पालिकाका सदस्य ललित थापाले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार कामको शिलशिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएर क्वारेन्टिनमा बसेको बेला बच्चा जन्माएका थिए । सोही वडामा रहेका सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले क्वारेन्टिमै सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको वडा सदस्य थापाको भनाई रहेको छ ।
भारतबाट आएको तीन दिनपछि चदाराले पहिलो बच्चाका रुपमा छोरी जन्माएकी हुन् । क्वारेनिटनमा बच्चा पाएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको अनमी दिया सिंहले बताइन् । सुत्केरी महिला र उनका श्रीमान समेत सोही क्वारेन्टिमा बस्र्दै आएका छन् ।
क्वारेन्टिमा सुत्केरी महिला
बुढीगंगा नगरपालिका–१ वडा कार्यालयले धुरालसैन माध्यमिक विद्यालयमा तीन दिनकी सुत्केरी महिला क्वारेन्टिनमा बसेको जानकारी दिएको छ । सोही नगरपालिका अम्कोटकी २० वर्षीया पुजा नेपाली रहेको सोही वडाका वडा सदस्य ललित थापाले बताए ।
भारतको पलियाबाट सुत्केरी भएर आएकी नेपाली र उनका श्रीमान समेत सोही क्वारेन्टिनमा बस्दै आएका छन् । क्वारेनिटनमा बसेका सुत्केरी आमा र शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी दिया सिंहले बताएकी छन् ।
जिल्लामा पछिल्लो समयमा भारतबाट आउनेको संख्या दैनिक रुपमा बढ्दै गएको छ । कामका लागि गएका ९ वटै स्थानीय तहका नागरिकहरु जिल्ला भित्रिने क्रम जारी रहेको छ ।






