काठमाडौं । गत २५ वैशाखमा रिलिज भएका तीन नेपाली चलचित्र मध्ये दुई चलचित्र ‘मालती मंगले’ र ‘गुरु आमा’ले राम्रो व्यापार गर्न सकेनन् । अर्को चलचित्र ‘लालीबजार’को ब्यापार राम्रो छ । यसले दोस्रो साताबाट मुनाफा कमाउने यसका कार्यकारी निर्माता प्रदीप भट्टराईले बताएका छन् ।
सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टका अनुसार गत साता रिलिज भएका यी ती चलचित्र मध्ये ‘मालती मंगले’ र ‘गुरुआमा’ले ५० लाख रुपैयाँ पनि कमाउन सकेका छैनन् । जवकी चलचित्र ‘लालीबजार’ले रिलिज भएको ९ दिनमा शनिवार रातीसम्म नेपाली बक्स अफिसबाट ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँको व्यापार गरिसकेको छ । यो चलचित्रलाई ९ दिनमा चलचित्र घरमा १ लाख १४ हजार ५८६ वटा टिकट दर्शकले खरिद गरेर हेरेका छन् ।
यता गायक रामकृष्ण ढकालले लगानी गरेको चलचित्र ‘मालती मंगले’ले ९ दिनमा जम्मा ४४ लाख ७८ हजार ६०८ रुपैयाँको ग्रास व्यापार गरेको छ । रामकृष्ण आफैँ विवादमा फसेपछि चलचित्रको व्यापारमा ठुलो प्रभाव परेको हो । यो चलचित्रको ९ दिनमा चलचित्र घरमा १३ हजार ८९० वटा टिकट मात्र बिक्री भएको पनि विकास बोर्डको रिपोर्टमा उल्लेख छ । ‘पूर्णबहादुरको सारंगी’ जस्तो ब्लक बस्टर चलचित्रका अभिनेता विजय वरालले ‘मालती मंगले’मा दर्शकले हलसम्म तान्न सकेका छैनन् ।
यस्तै चलचित्र ‘गुरु आमा’ व्यापारिक अवस्था हेर्दा यसले ९ दिनमा जम्मा २८ लाख ४४ हजार ४५१ रुपैयाँ ग्रास व्यापार नेपालको चलचित्र घरमा गरेको छ । यो चलचित्रको जम्मा ८ हजार ९७४ वटा टिकट बिक्री भएको रिपोर्टमा उल्लेख छ ।
व्यावसायिक हिसाबले २०८३ सालमा रिलिज भएका नेपाली चलचित्रहरूमा ‘परालको आगो’ शीर्ष स्थानमा रहेको छ । अहिलेसम्म ‘परालको आगो’लाई व्यापारमा अर्को चलचित्र ‘लालीबजार’ले पछ्याउँदै दोस्रो स्थानमा आफूलाई पु¥याएको छ ।
गत ११ वैशाखमा रिलिज भएको चलचित्र ‘परालको आगो’अहिले पनि केही चलचित्र घरमा प्रदर्शन भइरहेको छ । यो चलचित्रले गत शनिवार राति ११ बजेसम्म १ लाख ५१ हजार ९२८ वटा टिकट बिक्रीसहित ४ करोड २२ लाख २३ हजार ४३५ रुपैयाँ ग्रास व्यापार गरेको छ ।
यसरी गत वैशाख महिना भरीमा रिलिज भएका चलचित्रहरूमा अहिले पहिलो नम्बरमा व्यावसायिक हिसाबले ‘परालको आगो’ र दोस्रो नम्बरमा व्यापारिक हिसाबले ‘लालीबजार’ रहेको छ ।
सम्बन्धित समाचार
महंगियो चलचित्र सम्बन्धी संघ संस्थाका उम्मेदवारी दस्तुर
प्रदान गरियो कलाकारलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार
शिव श्रेष्ठले फाउन्डेसन खोल्दै देखाए ‘जीवन रेखा’
सुकुम्बासीले लालपुर्जा नपाउन्जेल मासिक १५ हजार भाडा दिने सरकारको तयारी
चलचित्रको काम छाडेर फेशन ¥याम्पतिर अभिनेत्रीहरू
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
चलचित्र पत्रकारिता सम्मान एवम् पुरस्कार घोषणा
कलाकार संघको अध्यक्षमा उत्तम केसी, यस्तो छ नयाँ नेतृत्व





