ग्यालेक्सी S26+ मा रु २३ हजार क्यासब्याक अफर

काठमाडौं । सामसङ नेपाल ले आफ्नो प्रिमियम स्मार्टफोन Samsung Galaxy S26+ मा सीमित अवधिका लागि आकर्षक क्यासब्याक अफर ल्याएको छ । ग्राहकलाई थप बचत र सहज खरिद अनुभव उपलब्ध गराउने उद्देश्यले कम्पनीले यो योजना सार्वजनिक गरेको जनाएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी S26+ खरिद गर्ने ग्राहकहरूले रु २३ हजारसम्मको इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्नेछन् । यससँगै स्मार्टफोनको विशेष अफर मूल्य रु १ लाख ८२ हजार ९९९ बाट घटेर रु १ लाख ५९ हजार ९९९ कायम हुने बताइएको छ । यो अफर मे १९ देखि जुन ३१ सम्म लागू रहनेछ ।

प्रिमियम स्मार्टफोन अनुभवलाई ध्यानमा राखेर तयार गरिएको ग्यालेक्सी S26+ मा उच्चस्तरीय कार्यसम्पादन, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको संयोजन रहेको कम्पनीको दाबी छ । ग्यालेक्सी S26 सिरिजअन्तर्गतको यो मोडेलले दैनिक प्रयोग, मनोरञ्जन तथा उत्पादकत्वका लागि उत्कृष्ट अनुभव दिने अपेक्षा गरिएको छ ।

यसैगरी, ग्राहकलाई खरिद प्रक्रिया अझ सहज बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) मार्फत इन्स्टा फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ । ग्राहकहरूले २४ महिनासम्मको सहज ईएमआई योजनाअन्तर्गत मासिक रु ४ हजार ३४१ बाट किस्ता तिर्न सक्नेछन् ।

कम्पनीका अनुसार नागरिकता पेश गरेर ग्राहकहरूले यो वित्तीय सुविधा सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

प्रसाईलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश