कान्तिपुर थिएटरमा नाटक ‘महाभारत’

काठमाडौं । गैह्री धारा स्थित कान्तिपुर थिएटरले शुक्रवारबाट नाटक ‘महाभारत’ मञ्चन सुरु गरेको छ । करिब एक महिनाको अभ्यास पछि यो नाटक सो थिएटरमा मञ्चन सुरु भएको हो ।

यो नाटकलाई नवीन भट्टले निर्देशन गरिरहेका छन् । भारतीय लेखक कुलदीप कुणालको नाटक ‘महाभारत’लाई नवीनले नै नेपालीमा रूपान्तरण गरेका हुन् । नाटकको सेट डिजाइन नवीनकै रहेको छ ।

हास्यव्यंग्य अभिनेता मनोज गजुरेल पहिलो पटक यो नाटकमार्फत रंगमञ्चमा प्रस्तुत भएका छन् । आफूले यो नाटकको अभ्यासमा करिब तीन हप्ता समय दिएको उनले बताएका छन् । मनोजसँगै नाटकका अग्रज कलाकार तथा निर्देशक रमेश बुढाथोकी र अभिनेता सुवर्ण थापा पनि शीर्ष भूमिकामा रहेका छन् ।

नाटकमा सन्दीप श्रेष्ठ, प्रतीक चौधरी, सुपज्ञा शर्मासहित २० जना कलाकारहरूको अभिनय रहेको छ । नाटकको सेट निर्माण तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, संगीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गरेका छन् ।

यो नाटक त्यहाँ ७ असारसम्म रहने निर्देशक नवीनले बताएका छन् । उनका अनुसार यो नाटक हरेक दिन (बुधवार बाहेक) साँझ ५ः१५ बजे मञ्चन हुने गरेको छ । शनिवार, आइतबार तथा अन्य सार्वजनिक बिदाको दिन अतिरिक्त सोको रूपमा दिउँसो १ः१५ समेत यो नाटक देखाइने उनले जानकारी गराए । नाटकको टिकदर ५०० र १००० रुपैयाँ राखिएको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग