महोत्सवमा सुनाइयो आदिवासी चलचित्रकर्मीका समस्या

काठमाडौं । सागर केरुङ निर्देशित लघु चलचित्र ‘तङसिङ’को प्रदर्शनसँगै आइतबारबाट चलचित्र विकास बोर्ड चावहिलमा ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३’ सुरु भएको छ । १९ जेठ मंगलवारसम्म तीन दिन चल्ने यो महोत्सवको आयोजना आदिवासी जनजाति चलचित्र महासंघले गरेको हो । महासंघमा आदिवासी जनजाति समुदायका १४ जातीय चलचित्र सम्बन्धी संस्था रहेका छन् ।
महोत्सवको उद्घाटन समारोहमा १४ वटै जातीले आफ्ना सांस्कृतिक झाँकी प्रस्तुत गरे । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसहित चलचित्रसँग सम्बन्धी विभिन्न संघ संस्थाका पदाधिकारीले कार्यक्रममा शुभकामना दिए ।

बोर्डका अध्यक्ष डिसी सामु आदिवासी जनजाति चलचित्रकर्मीहरूले आफ्ना समस्या सुनाए । समारोहमा उनीहरूले आदिवासी जनजातिका चलचित्रहरूले चलचित्र घरमा व्यावसायिक रूपमा प्रदर्शनको अवसर नपाएको भनाई राखे । उनीहरुले सेन्सर कठिनाइका समस्या पनि बताए ।

महोत्सवमा यस पटक आदिवासी समुदायका विभिन्न १३ वटा चलचित्र, वृत्तचित्र एवम् लघु चलचित्र चयन भएका छन् । महोत्सव भरी यी चलचित्रहरू प्रदर्शन गरेर उत्कृष्ट चलचित्रहरूलाई पुरस्कृत गरिने

महोत्सव निर्देशक सागर केरुङले उद्घाटन समारोहमा बताए । महोत्सवमा यस पटक नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, लिम्बू, माझी तथा राजवंशी समुदायका चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र गरी १३ वटा लामा, छोटा चलचित्रहरू प्रदर्शन गरिँदै छ ।

पहिलो दिन आइतबार महोत्सवमा एउटा चलचित्र, एउटा वृत्तचित्र र एउटा लघु चलचित्र प्रदर्शन गरियो । उद्घाटन समारोहको लघु चलचित्र प्रदर्शनपछि महोत्सवमा दोस्रो सोमा आइतबार दिउँसो निमा लामा तामाङ निर्देशित तामाङ समुदायको चलचित्र ‘ह्याङ तामाङ’ प्रदर्शन गरियो । आइतबार नै अन्तिम सोमा भुजेल समुदायको ’boutमा निर्मित बिपना तामाङ भुजेलको वृत्तचित्र ‘निको पहिचान’ पनि देखाइयो ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित