विश्वकप फुटबलमा दक्षिण कोरियाको शानदार सुरुवात

काठमाडौं । दोस्रो हाफमा ओएच ह्योङयुको गोलसँगै दक्षिण कोरियाले ३ अंक जोड्दै सानदार सुरुवाती जित निकाल्यो । मेक्सिकोको ग्वाडालजारा रंगशालामा विश्वकपको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २–१ को जित निकालेको हो ।

चेक रिपब्लिकको लादिस्लाभ केरोजिकले ५९ औं मिनेटमा गोल गरेका थिए । दक्षिण कोरियाका लागि ह्वाङ इन बिओमले ६७ औं मिनेटमा जवाफी गोल गोल फर्काए । त्यसपछि खेलको ८० औं मिनेटमा दक्षिण कोरियाका लागि ओएच ह्योङयुले विजय गोल गरे । त्यसपछि मैदानमा कुनै गोल हुन सकेन ।

प्रतियोगिताको उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को जित हासिल गरेको थियो । सोही समूहमा मेक्सिकोपछि दक्षिण कोरिया महत्वपूर्ण ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

पाँचौं काब्या म्युजिक अवार्डमा कलाकर्मी सम्मानित