धनगढी । कैलालीको गोदावरी नगरपालिका–३ स्थित गोदावरी नदीमा आएको आकस्मिक बाढीमा बगेर दुई महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउँदलाई बगाएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार धमलाको शव गोदावरी नदीको आर्यघाट नजिक तथा साउँदको शव वनदेवी मन्दिर क्षेत्र नजिक फेला परेको हो ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब पौने ७ बजे गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले नदीमा एक्कासि आएको बाढीले दुई महिलालाई बगाएको जानकारी दिएका थिए । सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार दुवै महिला शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए । सोही क्रममा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ ।
मनसुन सक्रिय रहेकाले खोलानाला तथा नदी किनारमा नजान र राति तथा बिहानको समयमा जंगल नछिरन प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ ।
सम्बन्धित समाचार
चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग
सुदूरपश्चिमको टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन हुँदै
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
हुम्ला-बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न संसदीय समितिको निर्देशन
रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा
हुरीले टीकापुरमा केराखेती नष्ट






