२० ग्रामभन्दा बढी ब्राउन सुगरसहित युवक पक्राउ

सिरहा । सिरहा नगरपालिका–७ स्थित हेमनारायण चोकबाट २० ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित तीन जना युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण ब्युरो गोलबजार, सिरहाको संयुक्त टोलीले नियमित चेकजाँचका क्रममा सिरहा बजारबाट ट्राफिक चोकतर्फ आउँदै गरेको स ५ प ३९९४ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा मोटरसाइकल चालक सिरहा नगरपालिका–२ निवासी २२ वर्षिय राजा यादवको साथबाट २० ग्राम २० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा मोटरसाइकलमा पछाडि सवार सिरहा नगरपालिका–१२ का २० वर्षिय पहलाद कुमार यादव र सोही स्थानका २० वर्षिय सनि मुखियालाई पनि नियन्त्रणमा लिइएको छ।

प्रहरीले तीनै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखेको जनाएको छ। लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

रेसुङ्गामा लार्भा नष्ट एवं सरसफाई अभियान