बोस्नियामाथि स्वीट्जरल्यान्डको सानदार जीत

स्वीट्जरल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध ४-१ को सानदार जीत निकालेको छ । शुक्रबार बिहान लस एन्जसल रंगशालामा सम्पन्न समूह ‘बी’को खेलमा मन्जाम्बीले ७२औं मिनेटमा स्ट्राइकर डान एनडोयलाई प्रतिस्थापन गरेका थिए ।

दुई मिनेट बित्न नपाउँदै भलीमार्फत टोलीलाइ ब्रेक थ्रु दिलाएका उनले ९०औं मिनेटमा अर्को गोल गरे । उनले दोस्रो गोल आफूसँगै मैदान प्रवेश गरेका फरवार्ड रुवेन भार्गासको पासमा गरेका थिए । भार्गस आफैले ८४औं मिनेटमा गोल गरेका थिए । जुन गोलपछि टोलीले २–० को अग्रता बनाएको थियो । भार्गसले गोल गर्नुअघि ८०औं मिनेटमा बोस्निया १० खेलाडीमा सीमित भएको थियो ।

पेनाल्टी बक्सबाहिर स्ट्राइकर ब्रील एम्बोलोलाई ट्याक्कल गरेपछि सेन्टरब्याक तारिक मुहारेमोभिकले रातो कार्ड खाए । एक खेलाडी कम भएपछि स्विट्जरल्यान्ड थप आक्रमक बनेको थियो । यही कारण मन्जाम्बीको व्यक्तिगत दोस्रो गोल सम्भव भएको थियो ।

यद्यपि बोस्नियाले इन्जुरी समयको तेस्रो मिनेटमा सान्त्वना गोल फर्कायो । कर्नरलाई सदुपयोग गरेका एर्मिन माहमिकले शक्तिशाली प्रहारमा ग्रेगोर कोबलाई बिट गरे । तर, स्विट्जरल्यान्डको अन्तिम गोल आउन अझै बाँकी थियो ।

भार्गास र मन्जाम्बीसँगै मैदानमा प्रवेश गरेका मिडफिल्डर जिब्रिल सोलाई विपक्षी मिडफिल्डर अमार मेमिकले फउल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टी पाएको थियो । जसलाई कप्तान ग्रानिट जाकाले सदुपयोग गरे । उनले पहिलो बारमा गोलकिपर निकोला भासिलिजलाई बिट गरे ।

जितसँगै स्विट्जरल्यान्ड चार अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि आफ्नो पहिलो खेलमा टोली कतारसँग १–१ को बराबरीमा रोकिएको थियो । बोस्नियाको एक अंक छ । यसअघि बोस्नियाले पनि सह–आयोजक क्यानडासँग १–१ कै नतिजा आत्मसात गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

कक्षा १२ को नतिजा सार्वजनिक