काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनमा सर्वसम्ममत गराउने प्रयास असफल भएपछि चुनावी प्रक्रियामा जाने भएको छ।
रास्वपाको विधानअनुसार, चुनावबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। त्यहीअनुसार उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।
तर, महामन्त्रीमा उम्मेदवारी दिएका आठ जनामध्ये चार जनाले विपिन आचार्यलाई समर्थन गर्दै फिर्ता लिएका छन्। जसमा कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदीश खरेल र प्रमोद न्यौपानेले छन्।
परराष्ट्रमन्त्री समेत रहेका खनालले उम्मेदवारी नै दिएका थिएनन्। बुर्लाकोटी, पराजुली, खरेल र न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्।
आचार्य सपभाति रवि लामिछाने निटक नेता हुन्। यसअघि उनी सहमहामन्त्री रहेका थिए।
तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)
सम्बन्धित समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
पूर्वसभामुखले लिए सक्रिय राजनीतिबाट बिदा
धितोपत्र बोर्डको अध्यक्षमा डा. भट्ट नियुक्त
रास्वपा महाधिवेशनमा गगन देखि बाबुरामसम्म
रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जना समर्थक
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
प्रतिनिधिसभा बैठक किन भयो स्थगित?






