काठमाडौँ । अभिनेत्री निता ढुंगानाले आफ्नै अभिनय, कथा तथा निर्देशनमा नयाँ चलचित्र ‘पार्वती’ निर्माण गरेकी छिन् । यो चलचित्रलाई आगामी १२ भदौमा रिलिज गर्ने घोषणा सहित चलचित्रको गीत ‘नौतुनाको रेल…’को भिडियो सार्वजनिक गरिएको छ ।
निर्माण टिमले शुक्रवार ओएसआर युट्युब च्यानलमार्फत यो गीतको भिडियो रिलिज गरेको हो । गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर छ । यसको शब्द रचना हर्क साउदले गरेका हुन भने संगीत दीपक शर्माको छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू निता ढुंगानासँगै दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, वसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी, क्रिमसन श्रेष्ठले नृत्य गरेका छन् । विवाहमा बेहुलाको घरमा नाचिने रत्यौली नृत्यलाई भिडियोमा समेटिएको छ । जसमा दीपाश्री पुरुषको भेष भूषामा छिन् । उनले नृत्यको क्रममा निता ढुंगानासँग रमाइलो छेडखानी गरेकी छिन् ।
यो चलचित्रमा नितासँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको मुख्य भूमिका छ । चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । जसमा सुदीप बरालको डीओपी, रामजी लामिछानेको नृत्य निर्देशन छ । चलचित्रलाई हरिहर अधिकारीले निर्माण गरेका हुन् ।
सम्बन्धित समाचार
‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या
अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
‘हली’ टिजरमा छाउपडी पीडा
आफ्नै जीवनीमा बनिरहेको चलचित्र रोक्न अदालत पुगे सलमान खान
‘हली’ टिजरमा महिनावारी पीडा
विदेशमा नेपाली चलचित्रको कमाई स्वदेश भित्राउन चोर बाटो
७ दिवसीय छायांकन कार्यशाला गोष्ठी सम्पन्न
ओस्कारमा जान ‘एलिफेन्ट्स इन द फग’ भदौमै रिलिज






