महेन्द्रनगर । कञ्चनपुर प्रहरीले फैसला कार्यान्वयनका क्रममा आज महेन्द्रनगरबाट पत्रकार खेम भण्डारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अदालतको पैसला कार्यान्वयनका क्रममा पत्रकार भण्डारीलाई पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराएको जानकारी दिनुभयो ।
“गाली बेइज्जतीको मुद्दामा भण्डारीलाई एक महिना सात दिन कैद, रु १२ हजार १०० जरिवाना र पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउन आदेश भएको थियो”, प्रवक्ता रावतले भने, “अहिले स्वास्थ्य जाँच गरेर अदालतमा उपस्थित गरिसकेका छौँ ।”
प्रहरीले भण्डारीलाई भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ गरेको हो । उनी विरुद्ध निर्मला पन्त हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दा परेको थियो । कञ्चनपुर जिल्ला अदालतले गतवर्ष जेठ महिनामा भण्डारीलाई दोषी ठहर गरेको थियो ।
सम्बन्धित समाचार
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगियो
लागुऔषधसहित पाँच जना पक्राउ
पूर्वसभामुखले लिए सक्रिय राजनीतिबाट बिदा
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै
कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ
सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको जोड
स्याङजामा यात्रुवाहक जिप दुर्घटना






