तेस्रो विवाहमा व्यस्त आमिर खान

मुम्बई । बलिउड अभिनेता आमिर खान यति बेला आफ्नो तेस्रो विवाहमा व्यस्त छन् । उनी आइतबार दाम्पत्य सम्बन्धमा बाँधिँदै छन् । उनले तेस्रो श्रीमतीको रूपमा ५ जुलाईमा गौरी स्प्रैटलाई भित्राउँदै छन् । त्यसो त आमिर र गौरी केही समय यताबाट लिभिङ टुगेदरमासँगै बस्दै आएका छन् । तथापि आफूहरूको प्रेमलाई उनीहरूले कानुनी रूपमा विवाहको दर्जा दिन लागेका हुन् ।

आफूले यो विवाहको लागि ठुलो समारोह आयोजना नगर्ने आमिरले बताएका छन् । आफन्त र नजिकका साथीहरूलाई बोलाएर आफ्नै निवासमा एक सानो समारोहबिच यो विवाह गरिने पनि आमिरले बताएका छन् ।

आमिरले यस अघि रीना दत्ता र किरण रावसँग विवाह गरेका थिए । उनले पहिलो विवाह सन् १९८६ मा रीना दत्तासँग र दोस्रो विवाह २००५ मा किरण रावसँग गरेका थिए । यी दुबैसँग सम्बन्ध विच्छेद भएपछि उनले यति बेला गौरीसँग तेस्रो विवाह गर्न लागेका हुन् ।

गत वर्ष आफ्नो ६०औँ जन्मदिनका अवसरमा अभिनेता आमिरले आफ्नो प्रेमिकाको रूपमा गौरीलाई चिनाएका थिए । त्यसपछिबाट उनीहरू सम्बन्धमा रहँदै आएका छन् । गौरी बेङलुर निवासी हुन् । पेसाले उनी सैलुन व्यवसायी र फेसन व्यवसायी हुन्। गौरीको पनि यो दोस्रो विवाह हो । आमिरसँग गौरीको विगत २५ वर्षदेखि चिनजान थियो । यो चिनजान यति बेला विवाहमा परिणत हुँदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न