काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली गीतसङ्गीत र कलाकारहरु पनि प्रविधिमा पोख्त हुनुपर्नेमा प्राविधिकहरुले जोड दिएका छन् ।
सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्ले ‘सङ्गीत र प्रविधि’ शीर्षकमा शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रशिक्षक राजेन्द्र अर्यालले गीतसङ्गीतको व्यापार, अडियो, भिडियो, टिकटक, फेसबुकलगायत ‘डिजिटल प्लेटफर्म’बाट कसरी धन आर्जन गर्न सकिन्छ भन्नेमा कलाकारहरू जानकार हुनुपर्ने बताए ।
परिषद्का अध्यक्ष बमबहादुर कार्कीले प्रविधिविज्ञ र कलाकाहरूबीच हातेमालो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कलाकारहरु खड्ग गर्बुजा, नरहरि प्रेमी, टीका पुन, रामकुमार कार्की, वैकुण्ठ महत, गोविन्दमधुर आचार्य, राजकुमार रायमाझी, ईश्वरी भुसाल (मादले दाइ), विष्णु खत्री, सङ्गीतकार शशी शर्मा मजगैयालगायत सहभागी थिए ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
विदेशमा नेपाली चलचित्रको कमाई स्वदेश भित्राउन चोर बाटो
नेपालमा एनिमेसन चलचित्रको छुट्टै महोत्सव हुँदै
वायोपिकमा अग्रज कलाकार ‘मदनकृष्ण’
चलचित्र अध्यापन कलेजबिच नाटक घरको प्रतिस्पर्धा
ओस्कारमा जान ‘एलिफेन्ट्स इन द फग’ भदौमै रिलिज
‘झिंगे दाउ २’को मार्मिक गीत ‘महिमा आमाको’ सार्वजनिक
धान रोप्न खेतमा चलचित्र ‘हली’का कलाकार
‘सुरिलो रुख’लाई ४ लाख पुरस्कार






