काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको हो।
अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारको नयाँ मूल्यअनुसार १० ग्राम सुनको भाउ २ लाख ४६ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुनको मूल्यमा सामान्य सुधार देखिए पनि चाँदीको भाउ भने ओरालो लागेको छ। आइतबार चाँदी प्रतितोला ३५ रुपैयाँले सस्तो हुँदै ४ हजार ४७५ रुपैयाँमा कारोबार हुने भएको छ।
अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव र विनिमयदरको प्रभावका कारण स्थानीय बजारमा सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।
तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)
सम्बन्धित समाचार
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो
हवाई इन्धनको मूल्य घटेसँगै जहाज भाडा १ हजार ७ सय ६५ सम्म घट्यो
आज २५ अर्बको ऋणपत्र जारी हुँदै
जलवायु वित्तमा नयाँ ढोका खोल्दै सरकार
प्रधानमन्त्री र निर्माण ब्यावसायी बिच छलफल
ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम






