विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर । विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता स्कुलले सांस्कृतिक परम्परा संरक्षण तथा प्रवर्द्धनका लागि विशेष पहल थालेको छ ।

विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा तथा जीवनशैली’bout व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ ।

विद्यालयमा समय–समयमा सञ्चालन हुने सांस्कृतिक कक्षा, लोकनृत्य, लोकगीत, भेषभूषा प्रदर्शन, परम्परागत खेलकुद तथा चाडपर्वसम्बन्धी चेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो मौलिक पहिचानप्रति गर्व गर्ने भावना विकास भएको विद्यालयका प्रधानाध्यापक मुना पाण्डेले बताइन् । अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीलाई परम्परागत संस्कृति, रहनसहन तथा वेशभूषा’bout ज्ञान दिने गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन प्रधानले आधुनिक शिक्षासँगै संस्कार र संस्कृतिको संरक्षण पनि उत्तिकै आवश्यक भएकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए । नयाँ पुस्तालाई सानै उमेरदेखि संस्कार र पहिचान’bout ज्ञान प्रदान गर्ने लक्ष्यका साथ विद्यालयले सांस्कृतिक शिक्षामा जोड दिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार र नेपालीको परिवारबिच ९ बुँदे सहमति