काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन् ।
मन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव त्यहाँ पुगेका थिए ।
भूमि व्यवस्थामन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपुर्जा दिएपछि आगामी दिनमा कसैले पनि औँला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको बताइन् । सुकुमबासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै उनले सरकारले सुकुमबासीको दीगो समाधान गर्ने गरी काम गरिरहेको बताइन् । उनले सुकुमबासीका नाममा कसैले पनि राजनीति नगर्न आग्रह गरिन् ।
उनीहरूले सुकुम्बासीसँग छलफलसमेत गरेर तत्कालीन र दीर्घकालीन व्यवस्थापन’bout सरकारको तयारी’bout जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुमबासीलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।
सम्बन्धित समाचार
कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख
लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी
परराष्ट्र मन्त्रालयका १०० दिनः प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री शाह
नेपाली मृत्यु प्रकरण: सदन र सडकमा प्रधानमन्त्रीको राजीनामा माग
धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा
आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ






