धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तीन वर्षमा दोस्रो पटक बजेट शून्यतामा पुगेको छ । आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट असार मसान्तसम्म पारित हुन नसकेपछि आजदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानुनी आधार सकिएको हो ।
बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेले पुनर्लेखन माग गरेको थियो । सहमति नभएपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका ४ मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले समर्थन फिर्ता लियो ।
अल्पमतमा परेपछि सरकारले बजेट पास गराउन नेकपासँग पहल गर्यो । तर नेकपाले पनि यथास्थितिमा बजेट मान्न नसकिने बताएपछि बजेट पास हुन सकेन ।
अब के हुन्छ ?
बजेट पारित नभएकाले आजदेखि सरकारले कुनै पनि शीर्षकमा नयाँ खर्च गर्न पाउने छैन । यद्यपि राजस्व संकलन र नियमित सेवा प्रवाह भने जारी रहनेछ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले ‘सरकारको अकर्मण्यताका कारण बजेट फेल भयो, मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ’ भनेका छन् ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा पनि बजेट समयमै पारित नहुँदा प्रदेशले करिब तीन महिना बजेट शून्यता बेहोरेको थियो ।
सम्बन्धित समाचार
धनगढीमा एकीकृत भान्साघर, ४ हजार विद्यार्थीले पोषणयुक्त दिवा खाजा पाउने
भागेश्वरको बगरकोट अगाडिसम्म सडक कालोपत्रे
गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा (खेल तालिकासहित)
परराष्ट्र मन्त्रालयका १०० दिनः प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
एउटा जीवित संग्रहालय
असार नसकिँदै रित्तियो आँप
कतारका पूर्व अमिर अल थानीको निधन






