डडेल्धुराको खसरेमा जीप दुर्घटनाः २ को मृत्यु, तीन जना घाइते

महाकाली राजमार्ग अन्तरगत खसरेखान नजिक भएको जीप दुर्घटना भएको भिरालो स्थान अमरगढी नगरपालिका–७ डडेल्धुरा । तस्बिरः सम्झना पाण्डेय

डडेल्धुरा । कैलाली–दार्चुला जोड्ने महाकाली राजमार्गको शहिद भीमदत्त पन्त सडक खण्डअन्तर्गत डडेल्धुरामा पर्ने अमरगढी नगरपालिका–७, खसरेखान नजिक जीप दुर्घटना हँुदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

शनिबार बिहान करिब २ बजेको धनगढीबाट दार्चुलातर्फ गइरहेको समयमा सु प प्र ०१–००१ज १८५० नं. जीप अनियन्त्रित भई दुर्घटना हुँदा दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका वडा नं. १ वस्ने वर्ष अन्दाजी ४५ का सुगन लोथ्याल र वर्ष अन्दाजी २८ का हनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी इन्सपेक्टर भाष्कर चन्दले जानकारी दिए ।

उनका अनुसार जीप दुर्घटना भएको खबर प्राप्त भएपछि राती नै नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली दुर्घटना स्थल पुगेर घाईतेको उद्दार गरिएको थियो । घाईतेहरुलाई दुर्घटना स्थलभन्दा करिब १२ किमिको दुरी जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ स्थित तुफानडाडामा रहेको डडेल्धुरा अस्पताल पुगाउदा दुई जनालाई नै चिकित्सिकले मृत घोषणा गरेको उनले बताए ।

उनका अनुसार दुर्घटनामा परि चालक बैतडी जिल्ला डिलाशैनी गाउँपालिका वडा नं. ३ वस्ने वर्ष अन्दाजी २० का अमृत घरेडी, दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका १ वस्ने वर्ष अन्दाजी ३५ की सरस्वती लोथ्याल र दार्चुला जिल्लाकै मार्मा गाउँपालिका ३ वस्ने वर्ष अन्दाजी ५० का अमर सिंह घाईते भएका छन । घाईते तीनै जनाको उपचार डडेल्धुरा अस्पतालमा भईरहेको उनले जानकारी दिए ।

सुचना अधिकारी चंदका अनुसार शुक्रबार राती देखि यस क्षेत्रमा कुहिरोसंगै वर्षा भईरहेको छ । प्रारम्भिक अनुसन्धानमा रातीको समयमा जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने देखिएको छ । जीप खसरेखान भन्दा करिब ५०० मिटर वरै सिद्धाथान मन्दिर नजिकबाट करिब ४०० मिटर तर भिरमा खसेको छ । कुहिरो, वर्षासंगै भिरमा दुर्घटना भएकाले उद्धारमा निकै सकस भएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वअर्थमन्त्री पाण्डेको निधन