वर्षासँगै बाढीपहिरो जाँदा अवरुद्ध छन् यी ८ सडक

काठमाडौं । वर्षासँगै बाढीपहिरो जाँदा देशका विभिन्न स्थानका ८ ठाउँमा आज पनि प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन्।

इलाममा मेची राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, बागलुङमा कालीगण्डकी करिडोर, गोरखामा आरुघाट माछिखोला सडक र जाजरकोटमा भेरी करिडोर जाजरकोट डोल्पा सडक बाढी र पहिरोले अवरुद्ध भएका हुन्।

प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्द्र सडक अवस्था’bout जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही