काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौंसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागु औषधसहित १९ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–३१ प्रयागमार्गबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम ६५७ ट्याब्लेटसहित दुई जना र पर्साको जगरनाथपुर गाउँपालिका–४ सुहपुरबाट २० किलो ६८७ ग्राम गाँजासहित भारतको विहार राज्यको सितागढी पञ्चायतताल डुम्रा–३३ का ३४ वर्षीय रहमद अन्सारीलाई पक्राउ गरिएको हो ।
यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाबाट खैरो हेरोइनसहित भारतको विहार राज्यको मधुवनी पञ्चायत मधवापुर–५ का २४ वर्षीय राजाकुमार मण्डल, बाराको कलैया उपमहानगरपालिका–१९ पचायनपुरमा सञ्चालन गरिएको घुम्ती पसलबाट गाँजासहित २० वर्षीय सनोज पटेल, हेटौँडा उपमहानगरपालिका–१५ बाट खैरो हिरोइन ३९ वर्षीय आइतमान थिङ, सोही उपमहानगरपालिका–३ लेवट चोकबाट खैरो हिरोइनसहित २२ वर्षीय रबि स्याङ्तान र २४ वर्षीय सुजन स्याङ्तानलाई पक्राउ गरिएको हो ।
त्यसैगरी, धनकुटाको शहिदभूमि गाउँपालिका–१ पाङ्नामबाट ट्रामाडोल ३० ट्याब्लेटसहित भोजपुर हतुवागढी गाउँपालिका–९ का २३ वर्षीय हिलसन राई, कैलालीको टीकापुर नगरपालिका–८ सत्ति पुलबाट खैरो हेरोइनसहित बर्दियाको राजापुर नगरपालिका–१ का २२ वर्षीय हिमाल चलाउने र २५ वर्षीय राजेन्द्र रावत, गौरीगङ्गा नगरपालिका–२ बाट खैरो हेरोइनसहित २८ वर्षीय कृष्ण साउद र २३ वर्षीय खेम साउद र रूपन्देहीको कञ्चन गाउँपालिका–४ बेलडाँडाबाट खैरो हेरोइनसहित सैनामैना नगरपालिका–१० सालझण्डीका ३१ वर्षीय सन्दीप पुनलाई पक्राउ गरिएको हो ।
अभियुक्तहरूलाई सम्बन्धित जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान जारी रहेको जनाइएको छ । उनीहरू गत सोमबार र मंगलबार पक्राउ परेका हुन् ।
सम्बन्धित समाचार
झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता
रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
पहिराले मेची राजमार्ग अवरुद्ध
के हात्तीले वर्षौँसम्म रिस राख्छ ?
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
खोटाङको जेलमा खाना खाएर सुतेका कैदीको मृत्यु
कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन






