काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतक सल्लाहकार कुमार बेञ्जनकार (कुमार बेन) को भारत भ्रमणवारे अनभिज्ञता प्रकट गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एवं सह–सचिव लोकबहादुर पौडेल क्षेत्रीले बेनको भारत भ्रमणवारे परराष्ट्रलाई जानकारी नरहेको बताए ।
पत्रकार सम्मेलनमा प्रवक्ता पौडेललाई सञ्चारकर्मीले बेनको भ्रमणवारे सोधेका थिए । ‘यस सम्बन्धमा मन्त्रालयलाई औपचारिक जानकारी छैन’, उनले भने । केही दिनअघि बेन रक्सौलबाट स्थलमार्ग हुँदै नयाँदिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटेको समाचार आएका थिए ।
समाचारमा जनाइएअनुसार एक निकट पत्रकारको सहयोगमा बेन गत जुलाई पहिलो साता नयाँदिल्ली गएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)
सम्बन्धित समाचार
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
कर्णाली सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीले दिए सामुहिक राजिनामा
पक्राउ पुर्जीपछि कांग्रेस सांसद अभिषेकले भने– ‘यो राजनीतिक प्रतिशोध हो’
मिटरब्याज उन्मूलनको घोषणा
मुख्यमन्त्री शाहले गरे कांग्रेस सदस्यता अध्यावधिक
बागमती सरकारबाट बाहिरियो एमाले
मधेसका अर्थमन्त्रीसहित सातजना विरुद्ध ३९ करोडको भ्रष्टाचार मुद्दा
प्रधानमन्त्रीले आज निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध व्यवसायीसँग छलफल गर्दै






