बंगलादेशका राष्ट्रपति शहाबुद्दिनले दिए राजीनामा

ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शुक्रबार पदबाट.राजीनामा दिएका छन् । पूर्वप्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मानिने राष्ट्रपति शहाबुद्दिनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन् ।

सन् २०२८ मा आफ्नो कार्यकाल पूरा हुनुअघि नै राजीनामा दिने व्यापक अडकलका ’boutमा सोध्दा राष्ट्रपति शहाबुद्दिनले आफूले राजिनामा दिइसकेको बताएका हुन् । तर उनले थप विवरण भने दिएनन् ।

‘चुप्पु’ भनेर चिनिने ७६ वर्षीय राष्ट्रपति शहाबुद्दिन सन् २०२३ मा शेख हसिनाको अवामी लिगको समर्थनमा संसद्को बहुमतबाट राष्ट्रपति निर्वाचित भएका थिए ।

सन् २०२४ मा विद्यार्थी विद्रोहले पूर्व शासक हसिनालाई सत्ताबाट हटाएपछि राष्ट्रपतिलाई पनि हटाउनुपर्ने माग बढेको थियो ।

शहाबुद्दिनमाथि गत मे महिनामा लन्डनमा उपचार गराइरहेका बेला शेख हसिनासँग फोनमा कुराकानी गरेको आरोप लागेको थियो, जसलाई उनले अस्वीकार गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’