काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ८८ अङ्कले बढेर दुई हजार ७३४ दशमलव ६० मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १६ अङ्कले बढेर ४७३ दशमलव ४७ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ८२ अङ्कले बढेर १८७ दशमलव ४० मा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ८० अङ्कले बढेर १६० दशमलव ५३ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर रु छ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ मूल्यमा खरिद बिक्री भएको छ ।
आज १३ उपसमूहमध्ये सात उपसमूहको सेयर बढेको छ भने छ उपसमूहको घटेको छ । आज १५३ कम्पनीको सेयर बढ्यो भने १०८ कम्पनीको सेयर घट्यो । त्यसैगरी १५ कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने सानिमा बैंक डिबेञ्चर, ग्लोबल आईएमई बैंक लिमिटेडको डिबेञ्चर र सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले गुमाएका छन् ।
नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गरेर नेप्सेको निर्धारित कारोबार समयपश्चात बेवसाइटमा प्राविधिक समस्या आएकाले फरक विवरण देखिएकाले उक्त समस्या समाधान गरिएको जनाएको छ ।
नेप्सेले प्राविधिक समस्याका कारणले सरोकारवालामा पर्न गएको असुविधाका लागि क्षमायाचना गरेको छ ।
सम्बन्धित समाचार
ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम
सुन फेरि तोलामा ६ सय रुपैयाँ महँगियो
पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त
आजबाट महँगियो शिक्षा र स्वास्थ्य
सुनमा १९ सय र चाँदीमा ४० रुपैयाँ वृद्धि
अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर
विश्व बजारमा आयोनका ३ करोड युनिट गाडी बिक्री
दूरसञ्चार कानुन र मन्त्रिपरिषद्का निर्णय अदालतको आदेशलाई एनसेलको चुनौती






