काठमाडौं । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पहिरोले पुरिएर छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल र उनकी २७ वर्षीया श्रीमती सृजना बडुवालका तीन वर्षीय छोरा रमेश बडुवाल मृत्यु भएको हो । पहिरोमा पुरिएका बालक रमेशलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका उनीहरुलाई सुतिरहेकै ठाउँमा पहिरोले लपेटेको थियो । करिब २०० मिटर माथिबाट आएको पहिरोले घरमा पूर्ण क्षति पुगेको छ ।
पहिरोमा मृतक बालकक बुवा–आमा जगनाथ र सृजनालाई पनि सामान्य चोट लागेको छ । उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
घटनास्थल आसपासका थप आठ घरसमेत जोखिममा रहेकाले ती घरमा बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रवीराज थपलियाले बताए ।
सम्बन्धित समाचार
सहकारी र निजी क्षेत्र पनि अख्तियारको दायरामा
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता
घुसबापत लिएको ५ लाख रुपैयाँसहित कर अधिकृत युवराज पाल पक्राउ
बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
बालेन्द्र सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट






