बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन् । एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारहरूमा सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेस सरकारबाट बाहिरिन लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिले असार अन्तिम साता एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरे पनि लुम्बिनी प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले अहिलेसम्म राजीनामा दिएका थिएनन् ।
शनिबार एमाले र नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने लिखित सहमति भएपछि भने कांग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिन लागेका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन् ।
शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले कांग्रेसका सबै मन्त्रीले आइतबार नै सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेको बताए ।
सम्बन्धित समाचार
प्रसाईंलाई कार्यक्रम गर्न किन रोक्यो प्रहरीले ?
‘सञ्चारमाध्यमलाई त्रसित पार्ने प्रयास अस्वीकार्य’
सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार
संसदमा एमालेको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण
प्रधानमन्त्रीले पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
‘बिदामा रहेका कर्मचारी कार्यालयमा अनिवार्य हाजिर हुनुपर्ने’
वीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, गगन थापाले गरे शुभारम्भ
प्रधानमन्त्रीले बोलाए हस्तकला महासंघका प्रतिनिधि






