धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यही शैक्षिक सत्रबाटै एमबीबीएस तहको पठनपाठन सुरु गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।
हमालले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै गेटा मेडिकल कलेज विश्वविद्यालयका रूपमा स्थापित भइसकेकाले अब थप ढिलाइ गर्न नहुने बताए । उनले पदाधिकारी नियुक्तिभन्दा शैक्षिक गतिविधि सुरु गर्नु र सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु नै अहिलेको मुख्य प्राथमिकता भएको उल्लेख गरे ।
‘को पदाधिकारी बन्यो वा बनेन भन्ने विषय तपसिलको कुरा हो । धेरै लामो प्रतीक्षापछि गेटा मेडिकल कलेज सही दिशामा अघि बढेको छ । अब कुनै पनि बहानामा यसको गति रोकिनु हुँदैन,’ उनले भने ।
नगर प्रमुख हमालले गेटा मेडिकल कलेजको पूर्वाधार विकास समितिको कार्यवाहक अध्यक्षका रूपमा आफूले जिम्मेवारी सम्हालेको उल्लेख गर्दै विश्वविद्यालयको विकास प्रक्रिया’bout आफू जानकार रहेको बताए ।
‘हाम्रो स्पष्ट भनाइ छ, जसरी भए पनि पढाइ छिटो सुरु होस् र जनताले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून् । यही उद्देश्य पूरा गर्न सबै पक्षले आवश्यक सहयोग गर्नुपर्छ,’ उनले आग्रह गरे ।
सुदूरपश्चिमका नागरिकको भावनासँग जोडिएको गेटा मेडिकल विश्वविद्यालयमा कुनै अन्योल सिर्जना नगरी यही शैक्षिक वर्षबाटै कम्तीमा एमबीबीएस तहको पठनपाठन सञ्चालन गर्ने वातावरण बनाउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।
सम्बन्धित समाचार
उग्रतारा–मेलौली सडक कालोपत्रेले बदल्यो अजयमेरुको चमडा
वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन
बजेट शून्यताबीच सुदूरपश्चिममा राजस्व संकलन जारी
तत्कालीन मन्त्री, सचिव र नगर प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै
डा. केसीका माग सम्बोधन गर्न चिकित्सक संघको आग्रह
रोगले थलिएका मुसहर परिवारको सहयोगले पलायो आशा






