आत्मदाह प्रयास गरेका युवकको बाटोमै मृत्यु

धनगढी । शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका कैलालीको धनगढी एक युवकको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय ज्योति चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । गम्भीर घाइते भएका उनलाई आफन्तले तत्काल उद्धार गरी धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए । चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो ।

थप उपचारका लागि उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने तयारी गरिएको भए पनि आफन्तले काठमाडौं लैजाने निर्णय गरेका थिए । आज सोमबार बिहान करिब ७ बजे धादिङ पुग्ने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।

उनको शव कैलाली ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटना’bout थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था