चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको चाहनाअनुरूप विकासका लागि आवश्यक कानुन संशोधन गर्नुपर्ने बताएकी छन्।
स्थानीय पत्रकारसँग आज कुराकानी गर्दै उनले जनताको अपेक्षाअनुसार कानुन बनाउन नसक्दा योजनाअनुसारका काम गर्न कठिनाइ हुने बताइन्। मन्त्री गौतमले भनिन्, “नेतृत्वको चाहनाले होइन, जनताको सोचाइअनुसार कानुन बनाउन सकिएन भने परिणाम दिन कठिन हुन्छ।”
उनले आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार वर्षका रूपमा घोषणा गरिएकाले १६६ वटा कानुन बनाउनुपर्ने बताइन्। मन्त्री गौतमले काममा बाधा पुग्ने कानुन तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा ३० वर्षे सेवा र ५५ वर्ष उमेर हदको विषय प्रक्रियामा रहेको बताइन्।
तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)
सम्बन्धित समाचार
एमाले उपाध्यक्ष पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप
निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री
नेकपा संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान
प्रधानमन्त्री र लिङ्देनबीच भेटवार्ता
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँध्नुहुँदैनः अर्थमन्त्री डा वाग्ले
वर्तमान सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन : प्रभु साह
प्रधानमन्त्तीले बोलाए मन्त्रिपरिषद् बैठक






