निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा । भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा तोकिएको राजस्व लक्ष्य पूरा गर्न असमर्थ भएको बताएको छ।

उक्त कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार गत आवमा २५ करोड तीन लाख २५ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकामा १८ करोड ६० लाख ९५ हजार ८४४ रूपैयाँमात्र संकलन भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा ३३ करोड १३ लाख ७३ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा २० करोड ८६ लाख ६९ हजार ६३१ रूपैयाँमात्र संकलन भएको थियो।

अधिकांश निर्यात मेची भन्सार कार्यालयमार्फत हुने गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल आयल निगमको स्पष्टोक्ति : ग्यासको आपूर्ति नियमित छ, अभाव छैन